ताजा अपडेट »

कर्णाली प्रवेशद्वारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुने

शुक्रबार, २७ माघ २०७९, ११ : ४१
15 Shares

हेमन्त केसी 
सुर्खेत, २७ माघ ।  कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्यांक व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्यांक व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

 कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भए पनि भारतीय विषादी सहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन आउने बताए ।

कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल पुगेकाले सहज हुने बताए। अब सडक सञ्जालसँगै समूह सहकारीमा प्रदेश तथा स्थानीय सरकारले लगानी गर्ने वातावरण तयार पारे उत्पादन वृद्धि गर्ने उनको भनाइ छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।