ताजा अपडेट »

सिंह कम्प्लेक्सद्धारा ध्यानाकर्षण , सम्झौतामा आउन आग्रह

शनिबार, २६ माघ २०७५, १६ : २४
10 Shares


माघ २६,
बुुटवल । विवादको लामो समयपछि बुटवलको पुरानो हाउ िजङ्ग कम्प्लेक्स सुरपदमा हाउजिङ्ग प्रा.लि. ( सिंह कम्प्लेक्स)ले आफ्नो ध्यानाकर्षण गरेको गराएको छ । शनिबार पत्रकार सम्मेलन गरी कम्प्लेक्सले केही व्यवसायीले बाहिर अनावश्यक र कम्प्लेक्सको विरुद्ध गलत अफवाह फैलाएको भन्दै यथार्थ बुुझाउन ध्यानाकर्षण गरेको छ ।

केही भाडामा लिएर व्यवसाय गर्दै आएका व्यापारीहरुले व्यवसाय बन्द गरी बिभिन्न संघ सस्थामा ज्ञापन पत्र बुझाई गाली गलौजमा समेत उत्रिएको प्रति गंभिर ध्यानाकर्षण भएको भन्दै स्पष्ट पारेको छ ।
प्रा.लि.ले पटक पटक मौखिक रुपमा आग्रह गर्दा र लिखित सुचना तथा जानकारी गराउदा संझौत ागर्न नआई बिभिन्न संस्थामा ज्ञापनपत्र बुझाउँदै हिडनु र गाली गलौजमा उत्रिनु कानूून र व्यवसायिक धर्म बिपरीत भएको बताएको छ ।


प्रा.लि.ले कम्प्लेक्स स्थापनाका समयमा ७ वर्ष अघि गरेको घर बहाल सम्झौता अनुसार अघि बढ्न खोज्दा अनावश्यक बाहाना बनाई व्यवसाय बन्द गरेका व्यवसायीलाई बाहानालाई छोडेर कानूून अनुसार अघि बढन आग्रह गरेको छ । ब्यापारिक प्रयोजनको लागि कानुन बमोजिम ब्यापारीहरुलाई सटर भाडामा दिई व्यवस्थित तरिकाबाट व्यवसाय सञ्चालन गराउने र नेपाल सरकारको नियम कानुन बमोजिम कर तथा राजश्व बुझाईएको समेत प्रालिले प्रष्ट पारेको छ ।


यो बिषयलाई व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन दिई प्रबेश गराई सकेकाले प्रा.लि. निणर्यको पखाइमा रहेको अवस्थामा समेत बजारमा व्यवसायीहरुबाट अनर्गल प्रचार भईरहेकाले पत्रकार सम्मेलन मार्फत स्पष्ट पार्न मात्रै चाहेको प्रा.लि.का सञ्चालक महेशमान सिंहले बताए ।आफू सहित चार जनाको निजी कम्प्लेक्सलाई आफु आवद्ध पार्टी नेपाली काग्रेस र व्यवसायीहरुको सस्था बुटवल उद्योग वाणिज्य संघ समेतलाई जोडेर कतिपय समाचार आएको प्रति उनले आपत्ति जनाए ।


प्रा.लि.का व्यवस्थापक मनिष पौडेलले कम्प्लेक्समा अहिले आवश्यक सबै पुर्वाधार बनाएको र पटक पटक सटर बहालका लागि लिखित मौखिक बोलाउदा नआएर अनावश्यक हल्ला गर्दै हिडनुले पनि नियत माथि नै शंका गर्नुपर्ने बताउनु भयो ।


३÷४ वर्ष अघि पहिलो र दोस्रो तल्लामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुले व्यवसायिक भवनमा स्क्यालेटर (स्वचालित भर्याङ्ग ) जडान नभएको हुदँ व्यवसाय गर्न कठिन भएको भनेपछि प्रालिले सबैमा स्क्यालेटर जडान गरे पश्चात सबै व्यवसायीलाई २०७५ श्रावण १ गते बाट नयाँ भाडा दर कायम हुने र सम्झौता गर्न आउन सूूचना गरेको थियो । तर, भाडादर बढाएको भन्दै केही व्यवसाय आन्दोलनमै छन् ।


अहिले आन्दोलन गर्ने व्यवसायीको कम्पनीसंग कुनै सम्झौता नभएको प्रालिले बताएको छ । कम्पनिले तोकेको हालको दर रेटमा सम्झौता गरि अन्य व्यवसायीहरुले सोही तल्लामा व्यापार व्यवसाय सञ्चालन गरेको प्रा.लिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।