ताजा अपडेट »

वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता

आइतबार, १५ माघ २०७९, १४ : ३३
14 Shares

जनकपुरधाम । नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।