ताजा अपडेट »

सैनामैनामा अभिभावक खेलकुद

शुक्रबार, २५ माघ २०७५, १५ : ५३
10 Shares

माघ २५, सैनामैना मेमोरियल स्कुलले अठारौँ अभिभावक दिवसको अवसरमा अभिभावक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । महिला अभिभावकहरु बिच चम्चा दौड तथा पुरुष अभिभावक एवम विद्यालय परिवार बिच मैत्रीपुर्ण भलिबल प्रतियोगीता आयोजना गरिएको थियो ।

विद्यालय र अभिभावकहरु विच आत्मियता अभिवृद्धि गर्ने उदेश्यले आयोजित महिलाहरुको प्रतिस्पर्धा तर्फ श्रृजना वि.सी. प्रथम, निर्मला थापा दोस्रो र तारा न्योपाने तेस्रो भएका थिए भने भलिबल तर्फ अभिभावकहरुका ७ ओटा समुह र विद्यालयका दुई गरि जम्मा नौ समुह बिच भएको प्रतिस्पर्धामा प्रेम सुनार नेतृत्वको बनकट्टा 'ए' समुह प्रथम र दुर्गा थापा नेतृत्वको बनकट्टा 'बि' समुहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको बिद्यालयका अतिरिक्त कृयाकलाप बिभाग प्रमुख डि . बि . खत्रीले बताउनुभयो ।

यहि २७ गते आइतबार सरस्वती पुजाको दिन भव्य कार्यक्रमको साथ मनाउन लागिएको १८ औं अभिभावक दिवसको अवसर पारेर विद्यालयले विगतका वर्षहरु जस्तै अभिभावकहरुका बिचको खेलकुद आयोजना गरेको विद्यालयका प्राचार्य जे.वि. क्षेत्रीले बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।