ताजा अपडेट »

रुपन्देही एन प्याब्सन वकतृत्वकलाको उपाधि देवदह बोर्डिङलाई

मंगलबार, २७ मंसिर २०७९, १८ : ४२
26 Shares

बुटवल । एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा पाण्डेले उपाधि जितेकी हुन ।

निजी लगानीका विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका डेढ दर्जन प्रतिस्पर्धा बिद्यार्थीलाई पछी  पार्दै पाण्डेले नगद ५ हजारसहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी हुन । यस्तै प्रतियोगितामा  न्यू लुम्बिनी ईङ्गलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर द्वितीय भए । उनले नगद ३ हजार ५ सय नगदसहित शिल्ड तथा प्रमाणपत्र हात पारे । त्यसैगरी प्रतियोगितामा  ग्लोरी ईङ्गलिस बोर्डिङ्ग स्कूलका सृष्टि भण्डारी तृतीय र  ग्यालेक्सी ईङ्गलिस बोर्डिङ्ग स्कूलका स्वीकृती पाण्डेले प्रोत्साहन पुरस्कार हात परे ।

उनीहरुले क्रमश दुई/दुई हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका हुन । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई  पुरस्कार प्रदान गर्दै लुम्विनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरीले गुणस्तरीय शिक्षाले मात्र देशको विकास हुने बताए । उनले शिक्षाको विकासको लागि आफूले प्रदेश सभामा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सांसद चौधरीले शिक्षाको विकास विना कुनैपनि क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउँदै शिक्षाको विकासमा नीजि क्षेत्रको अह्म भूमिका रहेको बताए । उनले शिक्षामा नीजि क्षेत्रले गरेको लगानी संरक्षण गर्ने दायित्व सरकारको रहेको बताए ।

उनले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेपनि प्रतिफल भने आउन नसकेकोमा जोड दिए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल रुपन्देहीका अध्यक्ष पुरुषोत्तम वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याप्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रिय सदस्यद्वय विष्णुप्रसाद पौडेल, देउप्रकाश राई, लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना लगायतले  नीजि विद्यालय र सामुदायिक विद्यालयलाई राज्यले समान दृष्टिकोणले हेर्न नसकेको बताए । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल रुपन्देहीका सचिव अमरनाथ पाठकको संचालनमा भएको कार्यक्रममा कविराज पौडेलले निर्णायकको भूमिका निर्वाह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।