ताजा अपडेट »

संसद् सचिवालयका महासचिवको पत्र खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

बुधबार, २१ मंसिर २०७९, १७ : ०३
34 Shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संघीय संसद् सचिवालयले पठाएको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ पदाधिकारीले व्यक्तिगत रूपमा जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै सचिवालयका महासचिव डा. भरतराज गौतमले काटेको पत्र अवैधानिक रहेको भन्दै रिट दायर गरेका हुन् । प्रतिनिधिसभाको निरपेक्ष अधिकारमाथि अनुचित वन्देज लगाउँदै प्रत्यर्थी महासचिवले महाअभियोग प्रस्तावलाई निष्कृय पार्ने प्रवृ्त धारणा तथा कलुषित मनसाय राखी २०७९ मंसिर २१ गतेको पत्रको कानुनी तथा संवैधानिक आधार नरहेको तथा क्षेत्राधिकारको समेत अभाव रहेकोमा गैरकानुनी र असंवैधानिक रहेको रिटमा उल्लेख छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।