ताजा अपडेट »

जन्ती बोकेको जिप दुर्घटना

शुक्रबार, ०९ मंसिर २०७९, १९ : ५८
4 Shares

धनगढी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार सुपप्र०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।