ताजा अपडेट »

नवलपरासी-१ मा विनोद चौधरी, २ मा प्रधान अगाडि

सोमबार, ०५ मंसिर २०७९, १९ : १५
8 Shares

परासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अरबपति विनोद चौधरीले अग्रता लिएका छन् ।

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी ८५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ६३२ मत प्राप्त गरेका छन् । चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि छन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । २ हजार ७५० मत गन्दा राप्रपाका प्रधान १ हजार ३८९ मत र कँडेलले ५२७ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।