ताजा अपडेट »

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजना रक्तचाप र मधुमेहको परीक्षण

सोमबार, २८ कार्तिक २०७९, १४ : ३८
18 Shares

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजना र संयोग फार्मेसी एण्ड प्रयोगशालाको सहकार्यमा रक्तचाप र मधुमेह परीक्षण भएको छ । विश्व मधुमेह निवारण दिवसको अवसरमा सोमबार निःशुल्क रक्तचाप र मधुमेह परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष सुनिल कुंवरको अध्यक्षता, लियो जिल्ला परिषद ३२५ पि नेपाल एरिया १ का सचीव एवं क्लबका संस्थापक अध्यक्ष लियो भेषराज पोख्रेलको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा बुटवल ११ का करिब १६९ जनाले निस्शुल्क मधुमेह परिक्षण गरेका थिए ।

बुटवल ११ बुद्धनगरमा अवस्थित संयोग फार्मेसीका चिकित्सकहरुले बिरामीहरुको रक्तचाप, मधुमेह तथा स्वास्थ्य परिक्षण गरि आवस्यक सल्लाह सुझाव प्रदान गरेका थिए । कार्यक्रमको संयोजन लियो महेश ज्ञवालिले गरेका थिए भने औपचारिक कार्यक्रमको संचालन क्लबका सचीव लियो नारायण पोख्रेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।