ताजा अपडेट »

सिद्धार्थनगरका पूर्व नगरप्रमुख अधिकारीले भने, ‘दीपक बोहोरालाई मत नदिए भैरहवा १० वर्षपछि धकेलिन्छ’

सोमबार, २८ कार्तिक २०७९, १२ : ०३
19 Shares

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरबासीले दीपक बोहोरालाई मत दिनुपर्नेमा जोड दिएका छन् । उनले आज भैरहवाको गल्लामन्डीमा आयोजित कार्यक्रममा भने, ‘भैरहवाको विकासको सुत्रधार नै दीपक बोहोरा हो । यसैले तीन दलिय तालमेलबाट प्रतिनिधीसभा सदस्य रहनुभएका बोहोरा र प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्र यादवलाई मत दिनु नै भैरहवाको दीर्घकालिन विकासकोलागि जरुरी छ ।’

एमालेका नेता समेत रहेका अधिकारीले परिपक्क राजनीतिज्ञको रुपमा रहेका बोहोरा र युवा तथा इमान्दारीताको परिचय बनाएका यादवको उम्मेदवारीले भैरहवाका मतादातामा उत्साह थपिएको समेत बताए ।अधिकारीले कोभिढको समयमा बोहोराको सहयोगमा क्वारेन्टाईन तथा विभिन्न कोभिढ नियन्त्रणकोलागि आवश्यक स्वास्थ्य सामग्री नगरमा प्राप्त नभएको भने धेरै समस्या पर्ने थियो भन्दै त्यतिबेलाको सहयोगलाई नगरबासीले सम्झीरहको बताउदै पदमा छदा अथवा नरहदा जहिल्यै पनि भैरहवाको लागि काम गर्ने नेता बोहोरा भएको बताए ।

अधिकारीले भने, ‘हामीलाई जनताको कुरा सुन्ने, हरेक मानिससँग सहजै भेटघाट गर्ने नेता चाहिएको छ। विकास गर्ने नेता चाहिएको छ । डायनामिक नेता चाहिएकोछ । त्यो गुण बोहोरा र यादवमा छ।’ कार्यक्रममा लुम्बिनी प्रदेशको पुर्वमन्त्री कल्पना पान्डेले मंसिर चार गते भैरहवाबासीको लागि समृद्धिको आधार रेखा कोर्ने दिन भएको बताईन् । उनले भनिन,‘मंसिर ४ गते हामी सबै नेपालीकोलागि महत्वपुर्ण दिन हो, त्यसमा पनि भैरहवाबासीकोलागि झनै अर्थपुर्ण दिन हो । हामीले विकासप्रेमी नेता दीपक बोहोरा र महेन्द्र यादवलाई विजयी गराउन हलो र छातामा मतदान गर्नु जरुरी छ ।’

एमाले, राप्रपा , जसपाका तालमेलबाट प्रतिनिधी सभा सदस्य रहेका दीपक बोहारा, प्रदेश सभा सदस्य रहेका महेन्द्र यादवको कोणसभामा गल्लामन्डी क्षेत्रका उद्योगी व्यवसायीको उल्लेख्य उपस्थिती रहेको रामदयाल गुप्ताले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।