ताजा अपडेट »

रूपन्देहीकाे वडास्तरमा मतदाता शिक्षा

सोमबार, २१ कार्तिक २०७९, १४ : ३७
15 Shares

भैरहवा । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले तालिम दिइरहेका छन् ।   

तालिम लिएर उहाहरूलाई निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन वडा स्तरमा पठाइएको छ । उनीहरूले नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सहि तरिका, मतदान बदर हुनसक्ने अबस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित शिक्षा दिनेछन ।

सहजकर्ताले नागरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गर्नेछन् । ४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई यो शिक्षाले सहजता प्रदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

रुपन्देहीमा २०८ वटा मतदान स्थलबाट निर्वाचन हुँदै छ, जसमा ७०२ वटा मतदान केन्द्र छन् । रुपन्देहीको हकमा प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै निर्वाचन सामग्रीहरू आइसकेको छ । अब यसलाई आवश्यकताअनुसार बाँडफाँट गर्ने र पठाउनुभन्दा अगाडिको अवस्थासम्मको लागि तयारी अवस्थामा राख्न कार्यालय लागेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।