ताजा अपडेट »

यस्ता छन् पत्रकार महासंघ रुपन्देहीले पारित गरेका प्रस्तावहरु

आइतबार, ०६ कार्तिक २०७९, २२ : ११
31 Shares

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीले १२ बुँदे प्रस्ताव पारित गरेको छ । महासंघको आइतबार सम्पन्न साधारण सभाको बन्द सत्रले मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि भूमिका खेल्नेदेखि पत्रकारका नाममा पत्रकारिताको मूल्य र मान्यता विपरित युटुब, अनलाईन सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्ने, समाजमा पत्रकारिताको विश्वास गिराउने गतिविधि गर्ने व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने सम्मका विषयहरु समेटी प्रस्ताव पारित गरेको छ ।

महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको बन्द सत्रले उक्त प्रस्ताव पारित गरेको हो । महासंघकी उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा सदस्यद्वय रेखा भुसाल र सरु रानाले प्रस्ताव तयार गरेको र उक्त प्रस्ताव सर्वसम्मत पारित भएको सचिव विनोद परियारले जनाए ।

प्रस्तावहरुः
१. स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरण लागि भूमिका खेल्ने ।
२. पत्रकारहरुलाई श्रम अनुसार पारिश्रमिक पाउने आधार तय गर्न सञ्चारमाध्यमका सञ्चालक व्यवस्थापक र पत्रकारिहरुविच छलफल गरि श्रमजीवि पत्रकारहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने ।
३. पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विधागत तथा पुर्नताजगी तालिमहरु सञ्चालन गर्ने ।
४. नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारहरुको तत्तकालीन र दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि पत्रकार कल्याणकारि कोष बृद्धि गर्ने ।
५. पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बिमालाई निरन्तरता दिंदै निशुल्क स्वास्थ्य बिमाका लागि पहल गर्ने ।
६. कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर, पछिल्लो समय पत्रकारिता छाडेका वा अन्य पेशा व्यवसायमा संलग्नहरुलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धिकरण अभियान चलाईने ।
७. पत्रकारिता र आमसञ्चार बिषयमा बुटवलमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासंघको अगुवाईमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरि जग्गा व्यवस्थापन गर्ने ।
८. हाल भएका पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्ने ।
९. कोभिड लगायतका अन्य कारणबाट पेशाबाट पलायन पत्रकारहरुलाई पत्रकारितामा स्थापित गर्न सञ्चार माध्यमका सञ्चालक र सरोकारवालाहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरि समस्या समाधानमा पहल गर्ने ।
१०. पत्रकार आचार संहिताको पालना गराउँदै व्यवसायिक र मर्यादित पत्रकारिता गर्न सदस्यहरुलाई जिम्मेवार बनाउने ।
११. नयाँ पत्रकार उत्पादनका लागि सञ्चारमा रुची राख्ने, सिर्जनाशिल युवाहरुलाई पत्रकारितामा तालिम दिने ।
१२. पत्रकारका नाममा पत्रकारिताको मूल्य र मान्यता विपरित युटुब, अनलाईन सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्ने, समाजमा पत्रकारिताको विश्वास गिराउने गतिविधि गर्ने व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।