ताजा अपडेट »

नेकपाको नवौं महाधिवेशनमा विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित

सोमबार, ३१ असोज २०७९, १५ : १२
16 Shares

बुटवल । २५ गतेदेखि जारी नेकपाको नवौं महाधिवेशनमा पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्ति सम्बन्धी प्रस्ताव माथि उठेका प्रश्नहरुको करिव साढे चार घण्टा लामो समय लगाएर जवाफ दिएका थिए । प्रतिनिधिहरुले राखेको चासो,जिज्ञासा र उठेका प्रश्नहरुको जवाफ दिदै विप्लवले पुजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरेका थिए ।

प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि पर्यवेक्षकहरुले नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लगायतका नारा लगाउदै एकमतले राजनीतिक प्रतिवेदन, निति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको हो । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिर्वाय भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निश्कर्ष समेत निकालेको छ ।

महाधिवेशनले नेपालमा मुख्य गरी भुमण्डलीकृत पूँजीवाद एवम् दलाल संसदीय पूँजीवाद र उत्पीडित जनता बीचको अन्तर विरोध प्रधान भएर आएको समेत भनिएको छ । महाधिवेशनमा आज प्यानल प्रस्ताव सहित अन्य बिषयहरुमा निर्णय पछि नवौंं महाधिवेशन आज सकिने जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।