ताजा अपडेट »

अन्तरविद्यालय स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न

शुक्रबार, २७ मंसिर २०७६, १८ : ४८
14 Shares

मंसिर २७,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीमा प्रथम लुम्बिनी जिल्ला स्तरिय अन्तर विद्यालय सब जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी बोर्डिङ विद्यालयको आयोजनामा शुक्रबार विद्यालय परिसरमा भएको प्रतियोगितामा ९ स्वर्णसहित सिद्धार्थ बोर्डिङ स्कुल टिम च्याम्पियन बनेको छ ।

प्रतियोगितामा ३ स्वर्णसहित आयोजक लुम्बिनी बोर्डिङ स्कुल दोस्रो भएको छ भने १ स्वर्ण र ४ रजत पदक तथा १ स्वर्ण र ३ रजत पदकसहित पामिर बोर्डिङ स्कुल र बुटवल पब्लिक स्कुल तेस्रो भएका छन ।

प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अणकृष्ण भट्टराई, सदस्य कुशल बश्याल, संयोजक राजकुमार पाण्डे, तेक्वान्दो संघ प्रदेशका राजिवसिह क्षेत्री, रामकुमार बरुणले पुरस्कार वितरण गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयबाट नियमित खेलकुद गतिविधिहरु आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा आयोजक लुम्बिनी बोर्डिङ स्कुलसहित १४ वटा विद्यालयका ९० जना विद्यार्थीहरु स्पाईरिङमा प्रतिस्प्रर्धा गरेको संयोजक राजकुमार पाण्डेले बताए । विद्यालयमा अध्ययरत १९ देखि २५ केजी तौलसम्म साना खेलाडीहरुको खेल क्षमता विकास गर्दै हौसला प्रदान गर्न उद्येश्यले प्रतियोगिता गरिएको उनी बताछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।