ताजा अपडेट »

पाल्पा-गुल्मी सडक खुल्यो, लुम्बिनीका आधा दर्जन बढी सडक अवरुद्ध

विहीबार, २० असोज २०७९, १० : ३८
11 Shares

बुटवल । पहिरोका कारण अवरुद्ध बनेको पाल्पा–गुल्मी सडक सुचारु भएको छ । लगातारको वर्षाले आज विहिबार विहानै पाल्पाको रिप्दिकोट गाउँपालिका जोर्तेमा पहिरोले सडक पुरिएपछि अवरुद्ध बनेको थियो । अवरुद्ध बनेको ५ घण्टापछि पहिरो पन्छाएसँगै विहान ९ बजेदेखि सडक सुचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

निरन्तरको वर्षासँगै पहिरोका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आधा दर्जन बढी सडक अवरुद्ध भएका छन् । गुल्मीका भित्रि सडक खण्डहरु भने अवरुद्ध रहेका छन् । विभिन्न ठाउँमा पहिरोका कारण वामीटक्सार–तम्घास, तम्घास–सिमलटाढी, रिडी–पुर्तिवाङ लगायतका सडकहरु अवरुद्ध भएका छन् । उता दाङको घोराही–तुलसीपुर–अमलिया सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । यस्तै सालझण्डी–नरपानी–रिडी सडकको विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।