ताजा अपडेट »

आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने

विहीबार, २० असोज २०७९, ०७ : २८
30 Shares

काठमाडाैँ । माैसम विभागका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।