ताजा अपडेट »

गुल्मीमा जिप दुर्घटना : बुटवलकी देवकलासहित चालक घाइते

बुधबार, १९ असोज २०७९, ०८ : ४७
6 Shares

बुटवल । गुल्मीमा गयराती जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लुम्बिनी प्रादेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गयराती १ बजेर ४० मिनेटको समयमा रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जिप दुर्घटना भएको हो ।

१० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु १ ज ४४४८ नम्बरको जिप तम्घास-सिमलटाढी सडक खण्ड अन्तरगत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन् । उनीहरुलाई उद्दार गरि थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।