ताजा अपडेट »

नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन

शुक्रबार, १४ असोज २०७९, १० : ३५
16 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८४ रुपैयाँ २० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २२७ रुपैयाँ ३६ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा नै अब दशैंपछि कारोबार खुल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।