ताजा अपडेट »

आज कति छ सुनचाँदीको मूल्य ?

विहीबार, १३ असोज २०७९, १० : ५३
6 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।