१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । विज्ञान दिवसको अवसर पारेर शनिबार बुटवलमा विज्ञान गोष्ठी हुने भएको छ । विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवसर विषयक प्रदेश स्तरीय विज्ञान गोष्ठी र रसायन शास्त्र विषयको विषयगत समीक्षा तथा अभिमूखिकरण आयोजना गरिएको हो ।

Advertisement

नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश कमिटीले दशौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा कार्यक्रम गर्न लागेको हो । नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्णप्रसाद शर्माले बौद्धिक समाज र सरकारी सरोकारवालाबीच विज्ञान र प्रविधीका बिभिनन पक्षहरुमा छलफल गर्न साझा मञ्च सिर्जना गर्ने उद्देश्य राखेको बताए । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा विज्ञान तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, लम्बिनी प्राविधीक विश्वविद्यालयका उपकुलपति, नगरपालिकाका प्रमुख उपप्रमुख, विभिन्न क्याम्पसका प्रमुख, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल भौतिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष, नेपाल प्राणी समाज लुम्बिनी प्रदेशका अध्यक्ष, गौतमबुद्ध विज्ञान तथा प्रविधी प्रतिष्ठानका अध्यक्ष लगायतको सहभागी हुनेछन ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रा.डा. मोतीलाल शर्मा भुसाल, प्रा.डा. कविराज पौडेल विषेश वक्ताको रुपमा प्रा.डा. एडी शर्मा, केन्द्रिय सदस्य प्रा.डा. सुरेन्द्र कुमार गौतम रहेका छन् । दुई चरण सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा प्रदेश स्तरीय विज्ञान गोष्ठी तथा दोस्रो चरणमा रसायन शास्त्र विषयको विषयगत समिक्षा तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सल्लाहकार बसन्तराज खनालले जानकारी दिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लामा रहेका क्याक्पस तथा विद्यालयका रसायन शास्त्र विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, समाजसेवी तथा उद्योगी व्यवसायीहरु समेत गरी दुई सय भन्दा बढीको सहभागीता रहनेछ ।

कक्षा ११ र १२ मा विज्ञान विषयको पाठ्क्रम परिवर्तन भएको ३ वर्ष भएपनि हालसम्म परिवर्तन भएको पाठ्क्रमसँग सम्बन्धीत यस्ता कुनैपनि कार्यक्रम नभएको अबस्थामा यो कार्यक्रम धेरै नै प्रभावकारी हुने विश्वास लिइएको छ । यस्ता कार्यक्रमहरु हुन नसक्दा ११ र १२ को नतिजासमेत पछिल्ला वर्षमा खस्कीएको बताइएको छ । प्रत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सचिव दिनेश न्यौपाने, कार्यसमिती सदस्य सपना भट्टराई, सजिता ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण