८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी पार्टी सत्ता साझेदार नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट लड्ने निश्चित भएको छ । आइतवार बिहान खुमलटारमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच एक्लाएक्लै भएकाे भेटवार्ता भएपछि यस्तो सहमति भएको हो ।

यसको औपचारिक घोषणा भने भोलिसम्म हुने स्रोतले बताएको छ । यसअघिकाे भेटमा भट्टराईले प्रचण्डलाई मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । साे प्रस्तावमा सकारात्मक रहेको बताउँदै अध्यक्ष प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका थिए । हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर नेसपा बनाएका भट्टराईलाई आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहज छैन । त्यसकारण पनि उनले गठबन्धनका लागि राजनीतिक भेटवार्ता अघि बढाएका छन् ।

भट्टराईले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर पाँच दलीय गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए । समाजवादीलाई पनि गठबन्धनमा ल्याउन माओवादीका अध्यक्ष प्रचण्ड सहमत भैसकेका छन् । यो सहमति जुटे  नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुनेछ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु