ताजा अपडेट »

बुटवलमा विप्लव नेतृत्वको नेकपासहित चार दलको संयुक्त विरोध प्रदर्शन

शनिबार, २१ साउन २०७९, २१ : ५५
14 Shares

बुटवल । एमसिसि एसपिपि चर्को महंगी र पक्राउ पुर्जीकाबिरुद्ध चार दलीय संयुक्त मोर्चाले शनिबार बुटवलमा विरोध प्रदर्शन गरेको छ। सभा बुटवलको हस्पिटललाइनबाट नारा जुलुस सहित बजार परिक्रमा गरेर अमरपथमा पुगी कोणसभामा परिणत भएको थियो ।

सभामा नेकपाका केन्द्रीय सदस्य सरद वलीले नेकपाको देश र जनताका पक्षमा गरिएको संघर्षबाट अत्तालिएर गठबन्धन सरकारले नेकपा नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेर तिनबुँदे सम्झौताको उन्लङ्घन गरेको बताए। ‘आफूहरुले द्वन्द्व नचाहेको राज्यले जबरजस्ति गर्छ भने मुलुक द्वन्द्वमा गए त्यसको जिम्मेबार शासकहरुनै हुने बताउँदै नेता वलीले एकीकृत जनक्रान्तिले दलाल संसदीय ब्यबस्था खारेज गरेर जनताको ब्यबस्था नल्याउँदासम्म निरन्तर संघर्ष गर्ने बताए।

उनले गठबन्धनको नाममा पुरानै संसदबादमा फसेका प्रचन्डले जनयुद्ध र बलिदानपुर्ण ईतिहाँसमाथि गद्धारी गरेको समेत बताएका छन। एमसिसि एसपिपि आदि माध्यमबाट अमिरेकी साम्राज्यबाद हाम्रो आगनमै आईपुगेको बताउँदै उनले सम्राज्यबाद संगै तेसका नेपाली दलालहरुलाई संगसंगै नेपाली जनताले लखेट्नुको बिकल्प नरहेको बताए ।

बिरोध सभामा नेकपा माओबादी केन्द्र समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले नेकपा संग गरेको तिनबुँधे सम्झौता बिपरित पक्राउ पुर्जि जारी गरेर सरकारले आफ्नो नैतिकता उदाङ्गो पारेको बताए। जनतन्त्र जनजिविका एवम् राष्ट्रीय स्वाधीनताका पक्षमा चारदलीय मोर्चाले निरन्तर संघर्ष गरिरहने बताउँदै नेता उपाध्यायले बिस्तारबादका दलालहरुसंग समेत निर्मम संघर्ष गरेर जानुको बिकल्प नभएकोमाबजोड दिए ।

कोणसभाको संचालन गर्दै नेकपाका युवा नेता बिरेन्द्र बिकले सरकारको पक्राउ पुर्जिले नेकपा नभाग्ने बरु सामना गरेर जाने बताए। कार्यक्रममा नेकपा लगायत मेर्चाका नेता कार्यकर्ता तथा जिल्लाका विभिन्न स्थानबाट सयौंको संख्यामा मानिसहरु उपस्थित थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।