ताजा अपडेट »

डाक्टरकी छोरी अपहरण प्रकरण : अपहरणकारी पक्राउ

मंगलबार, २२ माघ २०७५, ०९ : ४५
8 Shares

माघ २२,

काठमाण्डौं ।प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले काठमाडौं ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । गुप्ताले यही माघ ११ गते काठमाडौंको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।