ताजा अपडेट »

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जना घाइते

आइतबार, ०८ साउन २०७९, १७ : २०
10 Shares

बुटवल । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ । केही समय अघि गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट बसमा सवार ६ जना घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दियो । घाइतेहरुलाई उपचारका लागि पाल्पाको प्रभास मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ८० मिटर तल खसेको छ । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।