१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

मंसिर १२,

Advertisement

काठमाडौँ । भारतले भाग नलिए भएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् ।

आइतबार १३ औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय छ । फुटबल भने दशरथ रंगशालामा मंसिर १६ गतेबाट सुरु हुनेछ । नेपालले पहिलो दिन खेल्ने छैन । १६ गते भुटानसँग खेल्दै साविक विजेता नेपालले साग फुटबलको यात्रा सुरु गर्नेछ । भोली पल्ट मंसिर १७ गते नेपालले श्रीलंकाको सामना गर्नेछ । मंसिर २० माल्दिभ्सको सामना गर्ने नेपालले राउन्ड रोविनको अन्तिम खेल मंसिर २२ गते बंगलादेशसँग खेल्नेछ । फाइनल सागको समापन दिन मंसिर २४ गते हुनेछ । सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ । त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रुपमा टोलीमा समेटेको छ । सुजलले टोलीको कप्तानी गर्नेछन् । भारतले आन्तरिक कारण देखाउँदै पुरुष फुटबलमा भाग नलिने जनाएको थियो । महिला फुटबल भने पोखरामा हुनेछ । महिला फुटबलमा पनि ५ टोलीबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ ।- हाम्रो खेलकुद

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो