ताजा अपडेट »

गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ

मंगलबार, २१ असार २०७९, १२ : ५५
12 Shares

ईलाम । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनको घरको तलासी लिएको थियो । प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको ¥याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।