ताजा अपडेट »

बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर

बुधबार, १५ असार २०७९, २१ : ४७
4 Shares

बुटवल । बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।