ताजा अपडेट »

मःमको डल्ला अड्किएर एक पुरुषको मृत्यु, एम्स अस्पतालले जारी गर्‍याे यस्तो सुझाब

बुधबार, ०१ असार २०७९, ०८ : ५५
10 Shares
बुधबार, ०१ असार २०७९
10 Shares

नयाँ दिल्ली । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान ( एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो । एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पुर्‍याइएको थियो । 

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो ।  डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए । 

मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । उनको मृत्युको कारक मम पुष्टि भएपछि एम्सले  भारतमा सडक पसलदेखि  उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।