ताजा अपडेट »

सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

विहीबार, ०५ जेठ २०७९, २० : ०७

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार विजयी भएका छन । अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी घोषित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसके तारा थारु ८ हजार ९ सय ९० मत ल्याई विजयी भएकी छन । उनको निकटतम प्रतिद्धन्द्धी एमालेकै अमृता गुरुङ्गले ७ हजार २ सय ६९ मत प्राप्त गरिन । वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन । शाहीका निकटतम प्रतिद्धन्द्धी एमालेका तिर्थराज पन्थीले ६ सय १४ मत पाए । वडा नम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी घोषित भएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामकिशन थारुले ८ सय ७६ मत प्राप्त गरे । वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मि विजयी भएका छन । उनले ८ सय ३२ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका घिसन अहिरले ७ सय ८८ मत प्राप्त गरे । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सिरी प्रसाद श्रेष्ठले ७ सय ८० मत पाए । वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल ९ सय ७३ मत ल्याई विजयी भए । उ

नका निकटतम प्रतिद्धन्द्धी एमालेका थमन बहादुर पौडेलले ७ सय ६७ मत प्राप्त गरे । वडा नम्बर ६ मा एमालेका शेर बहादुर गुरुङ्ग १ हजार ४ सय ६ मत ल्याई विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका ध्रुव प्रसाद नेपालले १ हजार ३ सय २३ मत पाए । वडा नम्बर ७ मा कांग्रेसका दिपक बहादुर शाही २ हजार १ सय १२ मत प्राप्त गरि विजयी घोषित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका दिवाकर शर्माले १ हजार २ सय ८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।