ताजा अपडेट »

विजय जुलुसमा सहभागी गाडी पल्टियो

मंगलबार, ०३ जेठ २०७९, १७ : ३६
18 Shares

धनगढी । कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ ।

नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।