ताजा अपडेट »

सैनामैनामा १९०० मतगणना: गठबन्धनका शर्माको अग्रता कायमै

शनिबार, ३१ बैशाख २०७९, १८ : २०
4 Shares

बुटवल । सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनका फणेन्द्र शर्माले अग्रता कायमै राखेका छन् छन् । १९०० मत गन्दा उनले ८५३ मत लिएका छन् । यस्तै एमालेका चित्रबहादुर कार्कीले ६७२ मत पाएका छन् ।

पुनः प्रमुख दोहोर्याउने प्रयासमा रहेका एमालेका उम्मेद्वार चित्र बहादुर कार्कीले ६ सय ७२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ पनि गठबन्धनका नारायण महतले अग्रता लिएका छन् । उनले ८ सय ८० मत प्राप्त गरेका छन् भने एमालेकी बिना गुरुङले ७ सय ४९ मत प्राप्त गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।