२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ । 

Advertisement

‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघ/संगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन ? पत्र प्राप्त भएको समयले २४ घन्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ । 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेर स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए । ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए । 

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । त्यसैगरी ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

आचारसंहिताविपरीत विज्ञप्ति जारी गरिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शनिबार सार्वजनिक गरिएको विज्ञप्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । तर, यस विषयमा उनीहरूले भने अहिलेसम्म केही स्पष्टीकरण दिएका छैनन् । 
 

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ