ताजा अपडेट »

रुपन्देहीको मर्चवारी गाउँपालिकामा आजको निर्वाचन कार्यक्रम स्थगित (अपडेट)

आइतबार, १८ बैशाख २०७९, १४ : ४३
22 Shares

भैरहवा । मर्चवारी गाउँपालिकामा उम्मेदवारको मृत्यु भए पछि आजको सबै कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत सरोज कुमार पोखरेलले सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएका छन् । पोखरेलद्वारा जारी सुचनामा मर्चवारी गाउँपालिका वडा नम्बर ३ दलित महिला सदस्य पदको निर्वाचनको लागी नेकपा एमाले दलको तर्फबाट मनोनयन पत्र दाखिला भई उम्मेदवारहरुको अन्तिम नामावलीमा नाम कायम भएकी कुसुमी पासिनको मृत्यु भएको जनाईएको छ ।

उनको मृत्यु भएको सूचना आज ११ः५५ बजे नेकपा एमालेका मर्चवारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कमलेश यादवले जानकारी गराएका थिए । स्थानिय तहको निर्वाचनसंग सम्बन्धित अन्य कार्यक्रम आज १२ः१० बजे देखी गरिएको सूचना टाँस गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।