ताजा अपडेट »

सैनामैनामा गठबन्धन दलको अराजक व्यवहार, सवारीमाथि तोडफोड

शनिबार, १७ बैशाख २०७९, १४ : ३३
6 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा गठबन्धन दल नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसका कार्यकर्ताहरुले अराजक गतिविधि गरेका छन् । निर्वाचन अभियानमा रहेको एमाले कार्यकर्ता सवार गाडीमा तोडफोड गरेको भन्दै एमाले निकट युवा संघ नेपाल सैनामैना नगर कमिटीले बिरोध जनाएको छ ।

एमाले सैनामैना नगरपालिकाको वडा नम्बर १० को प्रचारप्रसारको गाडीमाथि काँग्रेस तथा माओवादी नेता कार्यकर्ताबाट शनिबार तोडफोड भएको हो । कांग्रेस नेता हरी पोख्रेल त्यसै गरी शान्ती बराल लगायतले  प्रचार प्रसारमा हिँडेका केही कार्यकर्ता माथि हातपातको प्रयास गरेको युवासंघको आरोप छ ।  सैनामैना १० पानबारीमा उक्त घटना घटेको
पीडित पक्ष ओम बहादुर पचभैयाले बताए ।  आफ्नै बाटोमा हिँडिरहेको गाडी एमाले शुभचिन्तक सँगको कुराकानीमा रोकिएको बेला अकस्मात आई आक्रमण गर्दै, गाडी चालकसँगै अर्का कार्यकर्ता सन्तोष बेल्बासेमाथि शान्ती बरालले हातपात गरेको पीडितले पचभैयाले बताए ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीले माफी माग्नुपर्ने र अब उप्रान्त अराजक गतिविधि नगर्न साथै फेरि पनि यस्ता गतिविधि दोहोरिएको अवस्थामा  प्रतिकार गर्ने युवासंघ सैनामैना नगर कमिटीले चेतावनी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।