ताजा अपडेट »

एमाले सैनामैनामा असन्तुष्टि, प्रदेश सदस्य चाैधरीसहितका नेताहरुले दिए राजीनामा

आइतबार, ११ बैशाख २०७९, २० : १२
6 Shares

बुटवल । नेकपा एमालेको तर्फबाट रुपन्देही सैनामैनामा उमेद्वार छनोटका विषयमा असन्तुष्टि देखिएको छ । पुरानै व्यक्तिलाई नगरको मेयर र उपमेयर टिकट दिने निर्णयको बिरोध गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्य खुशीराम चौधरीसहितका नेताहरुले पार्टीबाट राजीनामा दिएका छन् ।

मेयर पदका आकांक्षी रहेकाहरु चौधरीसहित प्रदेश कमिटी सदस्यहरु नरबहादुर घर्ति मगर, शालिकराम भण्डारी तथा जिल्ला कमिटी सदस्यहरु हेमन्त थापा, शिवलाल बस्याल लगायतका नेता कार्यकताहरुले राजीनामा दिएको चौधरीले जानकारी दिए । उनीहरुले पार्टीका नगर अध्यक्ष चेतनारायण न्यौपानेलाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् ।

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की र उप प्रमुख विना राना मगरलाई पार्टीले पुनः टिकट दिएको भन्दै उनीहरुले आइतबार साझ राजिना दिएका हुन् । राजिनामा पछि कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय नभइसकेको बताउँदै नेता चौधरीले पार्टीको निर्णय सच्चाउन नेतृत्वसँग आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।