ताजा अपडेट »

माओवादीलाई जनताले निर्णायक शक्ति बनाउने छन् : पहाडी

मंगलबार, १५ चैत्र २०७८, १८ : ५५
16 Shares

बुटवल । नेकपा माओवादी देशको परिवर्तनकारी शक्ति भएकाले आगामी निर्वाचनमा जनताले निर्णायक शक्ति बनाउने संविधान सभा सदस्य बिनोद पहाडीले दाबी गरेका छन् । मंगलबार सैनामैनामा पार्टीको चुनावी कार्यालय उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका पहाडीले मुलुक माओवादी को एजेन्डामा चलिरहेकोले जनताले माओवादीलाई बलियो शक्ति प्रदान गर्ने बिश्वास व्यक्त गरे । उनले संघीयता, गणतन्त्र समावेशीकरणका मुद्दा उठाएर जनतालाई अधिकार दिलाएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महतले सैनामैनाको बृहत विकासको अवधाराणा माओवादीसंग भएको बताए ।

कार्यक्रममा महिला नेतृ दिपिका शर्मा शान्ति बराल जानकी शर्मा, धन बहादुर बिक बेदराज भण्डारी लगाएतले बाेलेका थिए । मुकुन्द दुधराजको अध्यक्षता तथा हुम बहादुर रानाको संचालन कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।