ताजा अपडेट »

पाल्पाको तिनाउ–२ दोभानमा जीप दुर्घटना, ७ जना घाइते

सोमबार, ०२ फागुन २०७८, १९ : ३६
2 Shares

बुटवल । पाल्पाको तिनाउ-२ दोभानको जलथरीमा सोमबार पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दोभानबाट सक्चि सडकहुँदै माराबासतर्फ जाँदै गरेको लु १ ज १३८२ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी तिनाउ-२ माराबासकी ३१ वर्षीया सिता सोमई, सोही ठाउँकी २८ वर्षीया सिमा पल्लि, ४५ वर्षीया लिला सोमई, ५२ वर्षीया समकली लुईटेल, २६ वर्षीया गिता बगाले, ४४ वर्षीया निर्मला चिदि र ३३ वर्षीया गिता गाह घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरी थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । १० जना सवार उक्त जीप उकालो बाटोको घुम्तिमा एक्कासी ब्याक हुन गई बाटोदेखि करिब ५ मिटर तल खसेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।