ताजा अपडेट »

जोर-विजोर प्रणालीले झन् सास्ती

विहीबार, १३ माघ २०७८, १५ : ०८
6 Shares

काठमाडौँ ।  काठमाडौँ उपत्याकामा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ। त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् । 

दैनिकजसो कम मात्रामा सवारीसाधन चल्दा झनै भिडभाड हुने भएकाले कोरोनाको जोखिम झनै बढ्ने भन्दै जोर-विजोर प्रणाली हटाउनुपर्ने माग उठ्न थालेको छ ।यसैबीच, यातायातमा लागु जोर-विजोर प्रणालीको बारेमा काठमाडौँ उपत्यकाका तीन जिल्ला अधिकारीहरूले समीक्षा गर्ने भएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार शुक्रबार तीन जिल्लाका जिल्ला अधिकारीहरूको बैठक बसेर यसका बारेमा छलफल गर्ने भएका छन् ।

जोर-विजोर प्रणालीले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन्। साथै रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेको पनि बताएका छन् । उता ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि भोलिसम्ममा अर्काे आदेश जारी गर्ने बताएका छन्। यद्यपि जोर-विजोर हटाउने निर्णयमा भने पुगि नसकेको उनले जानकारी दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।