ताजा अपडेट »

अस्ट्रेलियन ओपन : नाडाल सेमिफाइनलमा

मंगलबार, ११ माघ २०७८, १४ : २६
6 Shares

काठमाडौं । गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन् ।

पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमाथि ६-३ ६-४ ४-६ ३-६ ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले ।सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अष्ट्रेलियन ओपन २००९ को च्याम्पियन हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।