९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । 

Advertisement

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् । अमेरिकापछि भारतमा तीन करोड ९५ लाख ४३ हजार ३२८ जना, ब्राजिलमा दुई करोड ४० लाख ४४ हजार ४३७ जना, फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना, बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख आठ हजार १९१ जना, टर्कीमा एक करोड नौ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् । 

कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७८८ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा चार लाख ८९ हजार ८९६ जना, रुसमा तीन लाख २६ हजार ११२ जना, मेक्सिकोमा तीन लाख तीन हजार १८३ जना र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ । 

यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् । साथै संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा