ताजा अपडेट »

३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट

मंगलबार, ०४ माघ २०७८, २१ : २१
2 Shares

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा तीन मितेरी गाउँपालिका बीच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको छ । धुर्कोट गाउँपालिकाको आयाजनामा बाग्लुङको ताराखोला गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिका मितेरी गाउँपालिका बीच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको हो ।

तीनवटा पालिकाहरु ४ वर्षको अवधीमा गरेका कामहरुको अनुभव साटासाटा गरिएको थियो । अनुभव आदानप्रदानमा गाउँपालिका प्रमुखहरुले आ–आफनो क्षेत्रमा भएगरेका कामहरुको बारेमा चर्चा गरेका थिए । जिल्लाको धुर्कोट गाउँपालिकाकाले बाग्लुङको ताराखोला गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिका मितेरी सम्बन्ध कायम गरेको थियो । पालिका बीच मितेरी सम्बन्ध कायम गरेर ती पालिका बिच नजिकबाट बिकास निर्माणका कामहरुमा एक अर्का बिच अनुभवलाई साटासाटा गर्ने उदेश्य मितेरी सम्बन्ध कायम गरिएको थियो ।

मितेरी सम्बन्ध कायम गरेका पालिका बिच आफनो क्षेत्रमा अबलोकन गराउने कार्यक्रम पनि बेला बखतमा गर्ने गर्दछन् । आफना क्षेत्रमा भएका महत्वपूर्ण कार्यक्रमहरुमा बोलाएर आफना संस्कृति देखाउने पनि गर्दर्थे । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफनो कार्यकालमा गरेका कामको चर्चा गर्दै पालिकाको मुख्य उदेश्य पूर्वाधार निर्माण, कृषि, पशुपालन, आन्तरिक पर्यटन र घरेलु उद्योगमा जोड रहेको बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रा सिकाई अनुभवलाई आदानप्रदान गर्ने मुख्य उदेश्यले मितेरी सम्बन्ध कायम गरेको पोखरेलले बताए ।उनले शिक्षाका हिसाबले धुर्कोट गाउँपालिका अगाडी रहेको उल्लेख गरे । गाउँपालिका भौतिक विकसले भने पछाडी रहेको अध्यक्ष पोखरेलले बताए ।

बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घर्ति मगरले ताराखोला गाउँपालिकाको मुख्य उदेश्य अर्गानिक कृषि उत्पादनमा जोड रहेको बताए । उनले मुख्य उत्पादन आलु खेतिमा आत्मानिर्भर, किवि खेती, जैविक बगैचा कृषि उत्पादनमा जोड दिइ रोजगारी सृजना गर्ने र आन्तरिक आयामा बृद्धि गर्नु कार्यमा रहेको बताए ।

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख पूर्णसिंह थापाले बन्दिपुरको मुख्य उदेश्य पर्यटकीय क्षेत्रको विस्तार, आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषि पशुपालनमा जोड, बाख्रा पकेट क्षेत्र लगायत रहेको बताए । उनले गाउँपालिका दुधमा आत्मनिर्भर रहेको, शिक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट समेत रहेको दावि गरे ।

मितेरी सम्बन्ध कायम गरेका गाउँपालिका बीच गरेका अनुकरणिय कार्यहरु, भएका नमूना कामहरुको अनुभव आदानप्रदान गर्नु मुख्य उदेश्य रहेको छ । तीन मितेरी पालिका बीच भएका नमूना कामहरुको अर्को पालिकाले सिको गर्नु उदेश्यले अनुभव आदानप्रदान गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।