ताजा अपडेट »

लिङ्देनको शपथ ग्रहण कमल थापाको बहिस्कार

आइतबार, १९ मंसिर २०७८, १५ : ४४
6 Shares

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् । 

कार्यक्रमबारे उहाँ (कमल थापा)लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो । कार्यक्रम भइरहेको छ । अहिलेसम्म आउनु भएको छैन ।’ 

लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् । 

थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।