ताजा अपडेट »

छोरा बिरामी परेपछि जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट

विहीबार, ३० असोज २०७६, १२ : ४७
4 Shares

असोज ३०,
काठमाडौं । जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट परेको छ । दसैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर छोरा अमृत बिरामी परेपछि उनलाई आर्थिक संकट परेको हो ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका छोराको उपचारमा आर्थिक समस्या खड्किएपछि गायक शर्मा समस्यामा परेका छन् ।

घाँटीको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको शर्माको भनाइ छ । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले पुगेको छैन् ।केहीदिन देखि आर्थिक समस्यामा परेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मंगलबार मात्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शर्मालाई भेटेर आर्थिक सहयोग गरेको थियो । त्यस्तै राजनीतिक दलका नेताहरूले समेत भेटेर सहयोगको प्रतिबद्धता जनाएका छन् । साथै उनीहरूले सहयोगको अपिल समेत गरेका छन् । - केन्द«बिन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।