ताजा अपडेट »

एमाले महाधिवेशन : लुम्बिनीका दुई पदाधिकारीसहित १७ जना निर्विरोध

सोमबार, १३ मंसिर २०७८, १८ : १०
10 Shares

बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशका दुई पदाधिकारीसहित १७ जना केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली रहेका छन् ।

भूगोलतर्फ खुलामा ६ जनाको कोटा रहेकोमा ६ जनाको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध भएका छन् । निर्विरोध हुनेमा खेममान खड्का, दिनेश पन्थी, नवीन रोका मगर, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल रहेका छन् ।

त्यस्तै तीन जना महिला कोटामा तीन जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू पनि निर्विरोध भएका छन् । निर्विरोध हुनेमा मेनका पोखरेल, सरिता खनाल भुसाल र सावित्रा अर्याल रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यसैगरी श्रमिकको कोटाबाट कमल गौतम पनि केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । 

त्यस्तै केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा नेत्रप्रसाद पन्थी पनि निर्विरोध भएका छन् । सदस्यमा झपेन्द्रबहादुर जिसी, डा. कृष्ण न्यौपाने र तुलसीप्रसाद चौधरी पनि निर्विरोध भएका छन् । केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा विष्णु पन्थी पनि निर्विरोध भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।