ताजा अपडेट »

एमालेमा तीनवटा प्रदेशबाट सबै निर्विरोध, चारवटा प्रदेशमा प्रतिस्पर्धा हुन सक्ने

सोमबार, १३ मंसिर २०७८, १६ : ४१
18 Shares

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनले सात प्रदेशमध्ये तीन प्रदेशका केन्द्रीय सदस्य निर्वराेध रूपमा चयन गरेकाे छ । बाँकी चार प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ । 

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको नाै-नाै गरी २७ जना केन्द्रीय सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । प्रदेश १, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा महिलातर्फका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदूरपश्चिमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने खुलातर्फ आन्तरिक प्रतिस्पर्धा हुनेछ भने सुदूरपश्चिम प्रदेश मात्रै यस्तो प्रदेश भएको छ, जहाँ खुला र महिला दुवै कोटामा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।