ताजा अपडेट »

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन

शनिबार, ११ मंसिर २०७८, १६ : ४७
6 Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीकाे १४ औं महाधिवेशन अन्तरगत भएकाे रुपन्देहीकाे अधिवेशनमा वडादेखी क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भए पनि जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको हो ।

बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति  भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका हुन।जस अनुसार जिल्ला सभापतिको जिम्मेवारी सर्वसम्मत रुपमा उनलाई दिएको हो ।

यस्तै दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिराेध भएका हुन् । त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्याैपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पाैडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिराेध भएकाे हाे । त्यस्तै जिल्ला सदस्य पदमा भने देवदहकाे एउटा सदस्य पदमा बाहेक बाँकी सबैमा निर्बिराेध भएकाे छ । उक्त पदमा पनि मिलाउने प्रयास भईरहेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।