ताजा अपडेट »

नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश

बुधबार, ०८ मंसिर २०७८, १५ : १९
6 Shares

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।