ताजा अपडेट »

रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, ०६ मंसिर २०७८, १५ : ३२
4 Shares

बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका–७ का ६२ वर्षीय सन्तराम लोध रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लोधलाई सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रमा बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करले आइतबार ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।