१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । 

Advertisement

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वाेच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन कानुन व्यवसायीले के भने :

चण्डेश्वर श्रेष्ठ : अध्यक्ष, नेपाल बार एसोसिएसन

जबराको पालामा तीन वर्षलगातार अन्याय भएको छ । फेरि एक वर्ष अन्याय हुन दिँदैनौं । गरिबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईंले विचौलिया भ्रष्टाचार चाहेको हो ?

गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं । ८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वाेच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ । 

हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

कमल कोइराला, वरिष्ठ अधिवक्ता 

प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो । आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ ।

हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता

आफ्नो इज्जत कसरी राख्ने भनेर इतिहासले मान्छलाई अवसर दिन्छ । अहिले प्रधानन्यायाधीश जबरालाई पनि त्यो मौका छ । सम्मानजनक बहिर्गमनको लागि आग्रह गरेका हौँ । हाम्रो यो आग्रहलाई कमजोर ठानेर जबरजस्ती बस्ने हो भने उहाँको विरूद्वमा हामीले नसोचेको कुरा आउँछ । आम जनता उर्लिन्छन् । त्यसकारण सम्मानजनक बहिर्गमन गर्नुपर्छ । उहाँको आयु लम्ब्याएर न्यायपालिकाको कल्याण हुँदैन । 

शिव रिजाल, अधिवक्ता 

हामी शान्तिकर्मी हो । हिंसा चाहँदैनौँ । भ्रष्टाचाररहित न्यायपालिकाका लागि लडिरहेका छौं । निर्भिक स्वतन्त्र र भ्रष्टाचाररहित अभियानमा लाग्न आह्वान गर्छाैँ । आज बौद्धिक लडाइँ लडिरहेका छौं । २०६२/०६३ जस्तो कानुन व्यवसायीको लडाइँ गर्ने अवस्था आउँछ । डिफेन्सिभ होइन अफेन्सिभ लडाइँ सुरू गर्नुपर्छ । युवाहरू उतारौं ।

आत्मालोचना गरेर सहज बहिर्गमन गर्नुहुन्छ कि सबै हतकण्डा अपनाएर निकाल्ने अवस्था आउँछ । दलहरू पनि पनि होस गर्नुस् । बन्दी जीवन बिताउने अवस्था नआओस् । होस् गर्नुस् । 

गणेश ओली, अधिवक्ता 

न्यायको माग गर्दै हिँड्ने कानुन व्यवसायीमाथिको दमन हो । बुट र लाठी बर्साइयो । हामी तपाईं (जबरा)को दमनबाट पछाडि हट्ने छैनौं ।

डिबी राई अधिवक्ता 

राजनीतिजस्तो न्यालय होइन । कालोमोसो दलेर फेरि माला लगाइन्छ राजनीतिमा । तर, न्यायलयको आफ्नै गरिमा छ । तपाईं (जबरा) निर्लज्ज भएर बस्नुहुँदैन ।  तपाईंको बहिर्गमन सोचेकोभन्दा भयावह र खतरनाक हुन्छ । बारको आन्दोलन बिलाएर जान्छ भन्ने नसोच्नुस् । सुद्धीकरणको अभियान रोकिँदैन । 

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड