१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो । 

Advertisement

तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने बताए । ‘सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएका छन्, विवाद देखापरेका जिल्लामा निर्वाचन समितिले थप निर्णय र निर्देशन दिनेछ,’ प्रवक्ता शर्माले भने, ‘तर पनि समस्या समाधान भएका जिल्लाहरुमा प्रदेशस्तरका निर्वाचन गर्दछौं ।’ उनका अनुसार तीन सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ ।

प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल-माथि हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार